आफुलाई स्वस्थ राख्न योग अपरिहार्यः मुख्यमन्त्री राउत

जनकपुरधाम, १ असार । मुख्यमन्त्री लालबाबु राउतले अहिलेको व्यस्त जीवनमा आफुलाई स्वस्थ राख्नको लागि योग अपरिहार्य रहेको बताएका छन् । उनले सातौं अन्तराष्ट्रिय योग दिवसको अवसरमा आज ७ दिवसीय योग शिविरको शुभारम्भ गर्दै यस्तो बताएका हुन् ।

पतंञ्जली योग समिति प्रदेश २ ले आयोजना गरेको योग शिवरलाई मुख्यमन्त्री राउतले आफनै निवासबाट भर्चुअल प्रविधि मार्फत शुभारम्भ गरेका छन् । उनले योगलाई जनजनमा पुर्याउन बाबा रामदेवले खेल्नु भएको भूमिका एवं विश्व स्तरमा स्थापित गराउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकालाई प्रशंसा समेत गरे ।

मुख्यमन्त्री राउतले शहरी क्षेत्रमा मात्रै सिमित योगलाई ग्रामीण क्षेत्रसम्म पनि पुर्याउनुपर्नेमा जोड दिए । मुख्यमन्त्री निवास मधेश भवनमा आयोजित कार्यक्रमको पनि उद्घाटन भएको छ । पतञ्जली योग समितिका प्रदेश अध्यक्ष हरिहरलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, प्रमुख सचिव गोकर्ण मणि दुवाडी, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, पतञ्जली योग शिविरका पदाधिकारीहरुको उपस्थिति थियो ।

सो कार्यक्रममा स्वागत मन्तव्य भने प्रदेश सभा सदस्य एवं पतञ्जली योग समितिका प्रमुख सल्लाहकार कौशल यादवले राखेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780