उपत्यकासहित १७ जिल्लामा जनमत पार्टीका पदाधिकारी मनोनित (नामावली)

राजविराज । जनमत पार्टीद्वारा मनोनित गरिएका जिल्ला समन्वय समितिका पदाधिकारीहरुको नामावली सार्वजनिक गरिएको छ । पार्टीका अध्यक्ष डा.सिके राउतको सहभागीतामा गत जेष्ठ २२ गते भएको केन्द्रिय कार्यकारिणी समितिको वैठकका निर्णय अनुसार ६ महिनाका लागि पदाधिकारीहरु मनोनित गरिएको हो ।

झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया जिल्ला र उपत्यकाकालागि अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष पदमा पादाधिकारीहरु मनोनित गरिएका छन् । यसका अलावा प्रत्येक जिल्लामा १५ देखि २५ कार्यकारिणी सदस्यहरु जिल्ला समन्वय समितिको बैठकले आफैं निर्णय गरी तोक्ने पार्टीले जारी गरिएको सूचनामा उल्लेख छ ।

झापाको अध्यक्षमा पदमलाल राजवंशी, उपाध्यक्षमा बाबुराम राजवंशी, सचिवमा विजय कुमार ताजपुरिया, सहसचिवमा लेखराम राजवंशी र कोषाध्यक्षमा नागेन्द्र साहलाई मनोनित गरिएको छ । यसैगरी मोरङको अध्यक्षमा बुद्धि माझी, उपाध्यक्षमा बलराम मण्डल, पंचलाल चौधरी, सत्य नारायण साह, सचिवमा रमेश दास, सहसचिवमा सोनेलाल किस्कु, लक्ष्मी नारायण गच्छदार र कोषाध्यक्षमा धीरेन्द्र कुमार यादव मनोनित भएका छन् भने सुनसरीको अध्यक्ष रमानन्द मेहता, उपाध्यक्षमा तेज नरायण लहोटिया, सचिवमा विकार बहरदा, सहसचिवमा मनोज कुमार मेहता र कोषाध्यक्षमा रामजी साह रहेका छन् ।

यसैगरी सप्तरीको अध्यक्षमा चन्देश्वर मण्डल, उपाध्यक्षमा ई. हरिनारायण यादव, नारायणण् यादव, सचिवमा थानेश्वर साह, सहसचिवमा ऋषिकेश ठाकुर, शिवनन्दन मेहता र कोषाध्यक्षमा ई शम्भु साहलाई मनानित गरिएको छ भने सिरहाको अध्यक्षमा विजय कुमार साह, उपाध्यक्षमा पंकज दनुवार, सचिवमा संतोष यादव, सहसचिवमा सुरेश यादव र कोषाध्यक्षमा रंजित साह रहेका छन् । धनुषाको जिल्ला समन्वय समितिको अध्यक्षमा ओम विक्रम कुशवाहा, उपाध्यक्षमा उपेन्द्र रोहिता, राजेन्द्र यादव, फुल कुमारी यादव, सचिवमा विजय साह, सहसचिवमा नविन पंडित र कोषाध्यक्षमा किलेश मण्डललाई मनोनित गरिएको छ भने महोत्तरीको अध्यक्षमा कोमल यादव, उपाध्यक्षमा श्रीमति रीता झा, मकसूदन महतो, सचिवमा वीरेन्द्र मण्डल, सहसचिवमा कौशलेन्द्र गिरी, कृष्ण कुमार साह, र कोषाध्यक्षमा राम प्रताप महतो रहेका छन् ।

सर्लाहीको जिल्ला समन्वय समितिको अध्यक्षमा जवाहर राय, उपाध्यक्षमा ममता महतो,सचिवमा विवेक शर्मा, सहसचिवमा योगनारायण साह र कोषाध्यक्षमा वीरेन्द्र साह रहेका छन् भने, रौतहतको अध्यक्ष्मा रामेश्वर यादव, उपाध्यक्षमा शेख नैमुदीन, रामप्रवेश साह, सकिना खातून, सचिवमा विकास यादव, सहसचिवमा नवीन कुमार श्रीवास्तव र कोषाध्यक्षमा वीरेन्द्र साहलाई मनोनित गरिएको छ ।

यसैगरी बाराको अध्यक्षमा परमानंद गुप्ता, उपाध्यक्षमा विनोद यादव, श्रीमती रम्भा देवी, सचिवमा विजय गुप्ता, सहसचिवमा कार्तिक देव पाण्डे, राजु साह, लक्ष्मीकान्त गुप्ता र कोषाध्यक्षमा प्रा. हरि प्रसाद कुर्मीलाई मनोनित गरिको छ भने पर्सा जिल्लाका लागि अध्यक्षमा चन्दन चौहान, उपाध्यक्षमा अवधेश पटेल, शब्बो खातून, सचिवमा विनय यादव, सहसचिवमा राजेश चौरसिया, विजय कुमार यादव, विराजू यादव र कोषाध्यक्षमा रञ्जन कर्ण छन् । नवलपरासीको जिल्ला समन्वय समितिको अध्यक्षमा विजयनाथ यादव, उपाध्यमा शारदा चौधरी, सचिवमा धीरजी कोइरी, सहसचिवमा अशोक कुमार चौधरी, कोषाध्यक्षमा मनोज कुशवाहा रहेका छन् ।

यसैगरी रुपन्देहिको अध्यक्षमा रामविष्णु प्रसाद लोध, उपाध्यक्षमा शम्भु यादव, सचिवमा कृष्ण कोहार, सहसचिवमा ई राघवेन्द्र पटेल र कोषध्यक्षमा चन्द्रभूषण वर्मा रहेका छन् भने कपिल वस्तुको अध्यक्षमा रामलाल यादव, उपाध्यक्षमा सीताराम पटेल, मनोज यादव, रामभवन हरिजन, सचिवमा भगवानदास यादव, सहसचिवमा अरुण विश्वकर्मा, जितेन्द्र चौधरी र कोषाध्यक्षमा हनिफ गुदीलाई मनोति गरिएको छ ।

दाङको जिल्ला समन्वय समितिको अध्यक्षमा शिवशंकर यादव, उपाध्यक्षमा अताउल्ला खान, सचिवमा गया प्रसाद यादव, सहसचिवमा गंगाराम तेली र कोषाध्यक्षमा सरस्वती यादव मनोनित भएका छन् भने बाँकेको अध्यक्षमा प्रहलाद यादव अहिर, उपाध्यक्षमा जाबिर हलुवाई, मो. हुस्सेन शाह, सचिवमा राजित राम बर्मा, सहसचिवमा दिपक पासी, रियाज अन्सारी र कोषाध्यक्षमा सोफिया खान र बर्दियाको अध्यक्ष्मा सोहराब पठान, उपाध्यक्षमा विष्णु दास, सचिवमा विशाल श्रीवास्तव, सहसचिवमा दिपिका यादव र कोषाध्यक्षमा बेचन लोधलाई मनोनित गरिएका छन् ।

यसैगरी उपत्यका समितिको अध्यक्षमा सुमन मण्डल, उपाध्यक्षमा रोजीरानी देव, सुवोध कुमार मण्डल, ई हरेन्द्र चौधरी, सचिवमा पञ्चानन्द माझी र कोषाध्यक्षमा जितेन्द्र मण्डललाई मनोनित गरएको जारि गरिएको सूचनामा उल्लेख गरिएका छन् । पार्टीको अध्यक्ष डा.राउतले मनोनित पदाधिकारीहरुको आ आफ्नो दायित्व जिम्मेवारपूर्ण तरीकाले निर्वाह गर्न आग्रह गर्दै उज्जवल भविष्यको कामना समेत गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस