सप्तरीमा ट्याक्टरको ठक्करबाट युवकको मृत्यु

राजविराज । सप्तरीको बोदे बरसाईन–विसनपुर सडकखण्डमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक जना युवकको मृत्यु भएको छ ।

खडक नगरपालिका–८ पहाडे भदिया चौकस्थित स १ त २७२६ नम्बरको ट्याक्टरले गए राति अनटेष्ट मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।

दुर्घटनामा सोही ठाउँका २२ वर्षीय अनिल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव प्रसाद काफ्लेले बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि लहानस्थित राउ स्मारक अस्पताल पठाउँदा मृत्यु भएको उनले बताए । ठक्कर दिने ट्याक्टर नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस