राजविराज, १ असार । पहाडी क्षेत्रमा भइरहेको वर्षाले सप्तकोशी नदीको चतरा तथा सहायक नदीहरुमा पानीको वहाव बढेको छ । पानीको वहाव बढ्दो क्रममा रहेकाले नदी तटबन्ध क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
कोशी ब्यारेजमा पनि विहानैदेखि पानीको वहाव बढ्दो छ । आज विहान गरिएको मापदनअनुसार ९७ हजार क्यूसेक नाघेको छ । प्रहरी चौकी कोशी ब्यारेजका प्रहरी जवान भोला कुमार तामाङले मधेश लाइभलाई दिएको जानकारी अनुसार विहान ९ बजेतिर ९७ हजार २४० पानीको वहाव मापन गरिएको हो ।
हाल ५६ मध्ये ७ वटा ढोका खुला गरिएको छ भने अझै वहाव बढ्ने क्रम जारी नै रहेको ब्यारेज प्रशासनले जनाएको छ ।