मन्त्रीहरूको जिम्मेवारी फेरियो, उपप्रधानसहित गृह मन्त्रीको जिम्मेवारीमा विष्णु पौडेल

काठमाडौँ, १० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयको जिम्मेवारी बाँडफाँड गरेका छन् । सर्वोच्च अदालतले २० जना मन्त्रीलाई पदमुक्त गरेपछि रिक्त रहेका मन्त्रालयमा प्रधानमन्त्रीले आफूसहित अन्य चार जना मन्त्रीलाई मन्त्रालय बाँडफाँड गरेका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो भागमा रक्षा र परराष्ट्र मन्त्रालय राखेका छन् ।

पदमुक्त नभएका चार मन्त्रीहरुले हेर्नेगरी राष्ट्रपतिले जिम्मेवारी दिएकी हुन् । जसअनुसार विष्णु पौडेलले अर्थसहित उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा र गृह मन्त्रालय, कृष्ण गोपाल श्रेष्ठले शिक्षासहित वन, युवा तथा खेलकुद, श्रम तथा रोजगार र स्वास्थ्य मन्त्रालय, बसन्तकुमार नेम्वाङले भौतिकसहित कृषि, खानेपानी, सञ्चार र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसैगरी लीलानाथ श्रेष्ठले कानुनसहित भूमि व्यवस्था, महिला तथा जेष्ठ नागरिक, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस