माओवादीको कारबाहीले १४ स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त

काठमाडौं । नेकपा माओवादी केन्द्रले कारबाही गरेका सो पार्टीबाट निर्वाचित स्थानीय तहको १४ जनप्रतिनिधिको पद रिक्त भएको छ ।

शुक्रवारको गोरखापत्रमा सूचना जारी गर्दै निर्वाचन आयोगले १४ जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजन भएसँगै ति जनप्रतिनिधिहरु आफ्नो पूर्वपार्टी माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका थिए ।

पार्टी त्यागेका जनप्रतिनिधिलाई माओवादी केन्द्रले पार्टीबाटै निष्काशन गरेको थियो । नगरपालिका तथा गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा वडा अध्यक्ष लगायतको पद रिक्त भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस