आम सञ्चार प्राधिकरण र मिडिया काउन्सिलको सदस्यमा ६ जना मनोनीत

जनकपुर, २३ असार । प्रदेश २ का आम सञ्चार प्राधिकरण र प्रदेश मिडिया काउन्सिलको सदस्यहरु मनोनीत गरिएको छ । मन्त्रिस्तरीय निर्णयबाट सदस्यहरुको मनोनीय गरिएको हो ।

आम सञ्चार प्राधिकरणका सदस्यहरुमा अमरेन्द्र यादव (सप्तरी) र प्रतिमा चौधरी (बारा)लाई मनोनीत गरिएको प्रदेश सरकार प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

यसैगरी प्रदेश मिडिया काउन्सिलको सदस्यहरुमा कैलाश दास, अर्जुन मण्डल, रिंकु मिश्र र बन्दना झालाई मनोनीत गरिएको मन्त्री यादवले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस