जसपा आधिकारिकता टुंग्याउन निर्वाचन आयोगमा इजलास गठन, साउन ३ देखि सुनुवाइ

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)को विवाद निरूपणका लागि निर्वाचन आयोगले पाँच सदस्यीय इजलास गठन गरेको छ ।

इजलासमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरु ईश्वरी पौडेल, रामप्रसाद भण्डारी, डा. जानकी तुलाधर, सगुनशमशेर जबरा रहेका आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार आउँदो साउन ३ गतेबाट इजलासमा सुनुवाइ सुरु हुनेछ ।

आयोगले सुनुवाइ हुने जानकारीसहितको पत्र जसपाका अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवलाई पठाएको छ ।

आयोगले मंगलबार दुवै पक्षलाई सहमतिका लागि आयोगमा बोलाएको थियो । तर, दुवै पक्षले सहमत हुन नसक्ने र आधिकारिकताको प्रक्रिया बढाउन भन्दै आग्रह गरेका थिए ।

जसपाका अध्यक्ष यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन ४३–४४ अनुसार पार्टीको आधिकारिकता दाबी गरेको थियो । अब इजलासमा बहस भएपछि आधिकारिकताबारे निर्णय हुनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस