गजेन्द्रनारायण सिंह अस्पताल: ७ महिना नवित्दै सिटी स्क्यान सेवा बन्द

राजविराज, २३ असार । वर्षौदेखिको प्रयासपछि सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सञ्चालनमा आएको सात महिना नवित्दै सिटी स्क्यान सेवा बन्द भएको छ । गत मंसिर २५ गतेदेखि सिटी स्क्यान सञ्चालनमा आएको थियो । सिटी स्क्यान कक्षमा पानी जम्ने गरेका कारण अहिले अनिश्चितकालका लागि सो सेवा बन्द भएको हो ।

अस्पतालमा उपचार सेवा खस्किदै गएको सेवाग्राहीहरुले गुनासो गरिरहेको बेला अहिले सिटी स्क्यान सेवा पनि बन्द भएपछि उनीहरु निराश बनेका छन् । ‘केही वर्षअघिसम्म रेफरल सेन्टरको नामले अस्पताल परिचित थियो नै, पछि व्यापक सुधार पनि भयो तर अहिले फेरी अस्पताल त्यहि दिशातर्फ उन्मुख देखिन्छ’ राजविराजका सागर यादवले भने–‘यद्यपी, यसतर्फ अस्पताल प्रशासन र सरोकारबाला निकायले चासो नदेखाउनु सप्तरीवासीकै लागि दुर्भाग्य हो ।’

सिटी स्क्यान गराउन आएका अर्का सेवाग्राही बोदे बरसाइनका हरिदेव मण्डलले सेवा बन्द हुँदा चर्को मुल्य तिरेर बाहिर सिटी स्क्यान गराउनुपर्ने बाध्यता आइलागेको बताए । ‘यहाँ हुँदा त सहज हुन्थ्यो नै, सस्तो पनि पर्थो’ उनले भने–‘बाहिर गराउनु पर्दा आर्थिक अभावले उपचार गराउनै मुस्किल पर्छ, यसतर्फ सरोकारबालाहरुको ध्यान पुगोस् ।’

हाल सो मेसिनबाट ३२४ जनाले सिटी स्क्यान सेवा पाएको अस्पतालका रेडियोलोजिष्ट अन्जु पटेलले बताइन् ।

उता, निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रणजीत कुमार झाले भवनमा पानी जम्ने समस्यालाई समाधानका लागि प्रयास जारी रहेको बताए । समाधान भएसँगै पुनः सिटी स्क्यान सेवा सुचारु गर्ने उनले मधेशलाइभलाई बताए । ‘भवनमा पानी जम्ने समस्या छ, त्यसलाई ४/५ पटकसम्म मर्मत पनि गराइसके तर पनि समस्या जस्ताको त्यस्तै छ’ उनले भने–‘यद्यपी, प्रयास जारी छ, समाधान भएसँगै पुनः सेवा सुचारु हुन्छ ।’

यो पनिः

गजेन्द्रनारायण सिंह अस्पतालमा अस्तव्यस्त फोहोर व्यवस्थापन केन्द्र

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780