सप्तरीमा दुई पक्षबीच कुटाकुट, एकको मृत्यु, दुई जना घाइते

राजविराज, २५ असार । सप्तरीको खडक नगरपालिका–९ लालपट्टीमा गए राति दुई पक्षबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।

वैदेशिक रोजगारमा राम्रो काम नपाएको भन्दै परिवारजन र एजेन्ट पक्षबीच कुटाकुट भएको हो । राजविराज–९ जगदरीका एजेन्ट मो.सनाउल मामाघर लालपट्टी पुगेका थिए । सोही क्रममा छोरालाई वैदेशिक रोजगारमा पठाए पनि राम्रो काम नपाएको भन्दै स्थानीय मो.इजराइल र मो.अक्तरको एजेन्ट सनाउलसँग विवाद सुरु भएको वडाध्यक्ष मो.इझारुल मियाँले मधेशलाइभलाई बताए ।

विवादकै क्रममा दुवै पक्षबीच कुटाकुट नै सुरु भएपछि नातीलाई बचाउन पुगेका सनाउलका नाना ७० वर्षीय मो.दाउन मियाँलाई चोट लागेर घाइते भएका थिए ।

उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याइएकोमा सोही क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले बताए । ‘शव पोष्टमार्टमका लागि पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस