सप्तरीमा सर्पदंश र करेन्ट लागेर दुई जनाको मृत्यु

राजविराज, २५ असार । सप्तरीमा विहिबार सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । रुपनी गाउँपालिका–२ हरिरावाका संतोष यादवकी ६ वर्षीया छोरी काजल कुमारी यादवको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

धारामा पानी खान गएकी काजललाई घरको भित्तामा रहेको दुलोबाट निस्केको सर्प टोकेर घाइते बनाएका थिए । उनलाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएकोमा सोही क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले बताए ।

सोही वडामा विहिबारै करेन्ट लागेर अन्य जनाको मृत्यु भएको छ । घरको चापाकलमा जडान गरिएको मोटरमा नुहाउने क्रममा करेन्ट लागेर बौवालाल साहको मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते भएका साहको उपचारको लागि युनिक अस्पताल रायपुर लैजाने क्रममा मृत्यु भएको डिएसपी काफ्लेले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस