कार दुर्घटना हुँदा बिर्तामोड नगर कमिटीका अध्यक्ष प्रसाईंको मृत्यु

विराटनगर, २५ असार । झापामा नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईंको सवारी दुर्घटनामा आज अपराह्न परी मृत्यु भएको छ । आफैंले चलाएको बा १६ च ८१८२ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको हो ।

चारआली चन्द्रगढी सडक खण्ड अन्तर्गत देवकोटा चोकमा भएको दुर्घटना परेर प्रसाई घाइते भएका थिए । गम्भीर घाइते भएका प्रसाईलाई उपचारको लागि मेची अञ्चल भद्रपुरमा लगिएको थियो ।

अस्पताल पुर्याउनसाथ चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस