मधेशलाइभ प्रभावः गजेन्द्रनारायण सिंंह अस्पतालमा पुनःसिटी स्क्यान सेवा सुचारु

राजविराज, १० साउन । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंंह अस्पतालमा पुनः सिटी स्क्यान सेवा सुचारु भएको छ ।

सञ्चालनमा आएको सात महिना नवित्दै सिटी स्क्यान सेवा बन्द भएको विषयमा ‘मधेशलाइभ’ अनलाइनले समाचार सार्वजनिक गरेपछि पुनःसेवा सुचारु भएको हो ।

गत मंसिर २५ गतेबाट सिटी स्क्यान सञ्चालनमा आएको थियो । सिटी स्क्यान सञ्चालनमा आएको कक्षमा पानी जम्ने गरेको भन्दै अस्पतालले सेवा बन्द गरेका थिए ।

अस्पतालमा उपचार सेवा खस्किदै गएको सेवाग्राहीहरुले गुनासो गरिरहेको बेला सिटी स्क्यान सेवा पनि बन्द भएपछि उनीहरु निराश बनेका थिए ।

सेवाग्राहीहरुले सेवा बन्द हुँदा चर्को मुल्य तिरेर बाहिर सिटी स्क्यान गराउनुपर्ने बाध्यता खेप्दै आएको विषय मधेशलाइभ अनलाइनमा आएपछि अस्पताल प्रशासनले चासो देखाउँदै सेवा सुचारु गरेका हुन् ।

यो पनिः

गजेन्द्रनारायण सिंह अस्पतालमा अस्तव्यस्त फोहोर व्यवस्थापन केन्द्र

Author:



क्याटोगरी छान्‍नुहोस