आफ्नै छोराको कुटपिटबाट बुवाको मृत्यु

इलाम । इलामको देउमाई नगरपालिका–२ पुङफुङमा आफ्नै छोराको कुटाइबाट एक जनाको मृत्यु भएको छ ।

गत साउन ७ गते ३४ वर्षीय छोरा गिर्जमान मुखियाले घरयासी विवाद कारण बुवा ८५ बर्षीय टेक बहादुर मुखियालाई कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते भएका टेक बहादुरको उपचारको लागि बिर्तासिटी अस्पाल विर्तामोडमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनका गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । गिर्जमानलाई पक्राउ गरि अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस