७ हजार बढी मुद्दाबाट ४० करोड राजस्व

बिराटनगर । प्रदेश १ मा एक वर्षको अवधिमा ७ हजार बढी मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७७–७८ को साउनदेखि असार मसान्तसम्ममा प्रदेश १ का १४ वटै जिल्ला प्रहरी कार्यालयमार्फत ७ हजार ३ सय ८४ वटा मुद्दा दर्ता भएका हुन् ।

दर्ता भएकामध्ये ३ हजार ७ सय २९ मुद्दा फर्छ्यौट र ३ हजार ६ सय ४५ मुद्दा फर्छ्यौट हुन बाँकी रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नविन राज राईले जानकारी दिए ।

राईका अनुसार फैसला कार्यान्वयनतर्फ विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका ७ सय ४३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ परेका फरार प्रतिवादीबाट ७ सय ३५ वर्ष कैद भुक्तान भई ४ करोड ४३ लाख ५८ हजार ९ सय २७ रुपैयाँ राजस्व संकलन भएको छ ।

यसैगरी लागूऔषध नियन्त्रणतर्फ विशेष ध्यान दिई व्यापक रूपमा प्रहरी परिचालन गरेर ३ हजार ५ सय १६ ग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको प्रदेश प्रहरी कार्यालये जनाएको छ ।

१ हजार ७ सय ८९.१११ केजी गाँजा बरामद भएको छ । यसैगरी २ हजार ४२३ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख ७६ हजार ८६३ गाँजाका बोट प्रहरीले नष्ट गरेको छ ।

यो अवधिमा प्रहरीले ४० करोडभन्दा बढी राजस्व संकलन गरेको छ । भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनमा प्रभावकारी रूपमा प्रहरी परिचाल गरेर प्रहरीले आर्थिक वर्षमा ४० करोड ७८ लाख ४२ हजार ३१७ राजश्व संकलन भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

भन्सार चोरी निकासीतर्फ अवैध रूपमा सामान चोरी निकासी गर्ने १ सय ९० जना मानिस पक्राउ परेका छन् । १९ करोड १ लाख ५८ हजार २१२ रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यस्तै नदीजन्य पदार्थको अवैध रूपमा दोहन गर्ने १७० जना मानिस गरेको छ । ७८५ वटा नदीजन्य पदार्थ उत्खनन् गर्ने र ओसारपसार गर्ने सवारीसाधनलाई पक्राउ गर्नुका साथै ६५ लाख ७५ हजार ३ सय राजस्व संकलन गरेको छ ।

यसैगरी अवैध काठ चोरी निकासी गर्ने ७० जना मानिस पक्राउ गर्नुका साथै ३ हजार २ सय ६१ क्यूफिट काठ बरामद गरी ७० लाख ३८ हजार ७८७ रुपैयाँ राजश्व संकलन भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक राईले बताए ।

त्यस्तै ट्राफिक व्यवस्थापनतर्फ ट्राफिक नियम उल्लंघन गर्ने २ लाख ५४ हजार ३९४ वटा सवारीसाधनलाई कारवाही गरी १५ करोड ९७ लाख ११ हजार राजस्व संकलन भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस