खोप माग्दै विराटनगरका युवाहरूले गरे प्रदर्शन

विराटनगर । सहज रूपमा खोप उपलब्ध गराउन माग गर्दै युवाहरूले विराटनगर महानगरपालिका अगाडि प्रदर्शन गरेका छन् । बिहीबार महानगरपालिका अगाडि भेला भएका युवाले ‘प्लेकार्ड’ प्रदर्शन गर्दै सहज र समानुपातिक ढंगले खोप दिलाउन महानगरका मेयर भीम पराजुलीको ध्यानाकर्षण गराए ।

उनीहरूले ‘हाम्रो खोप खै ?’, ‘खोप सबैको नैसर्गिक अधिकार हो’, ‘अग्रभागमा खटिएका सबैलाई खोप उपलब्ध गराऊ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

अघिल्लो रात विराटनगर–५ मा एक जना नेपाली कांग्रेसका कार्यकर्ताको घरमा आफ्ना कार्यकर्तालाई मात्र खोप दिलाउन खोजिएको भन्दै नाराबाजी भएको थियो । तर, खोप लगाउने चाँजोपाँजो कसले मिलायो भन्ने विषयमा आफूलाई जानकारी नभएको र त्यहाँ आफू सहभागी नभएको मेयर पराजुलीले बताए ।

उनले पछिल्लोपटक ६० हजारभन्दा बढी डोज खोप प्राप्त भएकाले प्राथमिकताको आधारमा सबैलाई खोप उपलब्ध गराइने बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780