जनकपुरधाम । पछिल्लो २४ घण्टामा थप ३,३६५ जनामा संक्रमण देखिएको छ । देशभर १४ हजार २४२ जनामा गरिएको परीक्षणमा ३,३६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लाे २४ घण्टामा १,३७३ जना संक्रमणमुक्त भएका छन् । आज थप १६ जनाको मृत्यु भएको मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ ।
मन्त्रालयका अनुसार हाल देशभर आइसोलेसनमा २७,३५५ जना, संस्थागत आइसोलेसनमा ३,०३५ जना, आईसीयूमा ६३६ जना र भेन्टिलेटरमा १६० जना रहेका छन् ।