भुक्तानी नपाए भदौ ५ देखि आन्दोलन गर्ने उखु किसानको घोषणा

जनकपुरधाम । उखु किसानहरुले भुक्तानी नपाए भदौ ५ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् । उद्योगी र सरकारलाई अल्टिमेटम दिदैँ किसानले भदौ ५ गतेसम्म सम्पूर्ण भुक्तानी नपाए आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

सरकारको ध्यानाकर्षण गराउनका लागि उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ राय, सचिव हरिश्याम राय, राष्ट्रिय कृषि श्रमिक संघका सचिव गोपाल यादव, किसान रामविलास महतोलगायत काठमाडौं आएर आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

उनीहरुले रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी माग पूरा गराउन सरकार र उद्योगीको ध्यानाकर्षण गराए । कोरोना भाइरस (कोभिड) का कारण तत्काल आन्दोलन नगर्ने र सरकारलाई दबाव दिने किसानहरुले उद्घोष गरेका छन् ।

भदौ ५ सम्म सबै किसानले भुक्तानी नपाएमा काठमाडौंमा धर्ना दिने रायले बताए । सरकारले उखुको भुक्तानी दिलाउने घोषणा गरेपनि पूरा गर्न नसकेको भन्दै छिट्टै भुक्तानी दिलाउन उद्योगी तथा सरकारसँग उनीहरुले माग गरेका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780