जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

जनकपुरधाम, १६ साउन । जनता समाजवादी पार्टी (जसपा)नेपालको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् ।

संसदीय दलको शनिबार बसेको बैठकले यादवलाई सर्वसम्मत रूपमा दलका नेतामा चयन गरेको हो ।

सो बैठकमा २१ जना सांसदहरु उपस्थित रहेको बताइएको छ । पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले यादवलाई दलका नेतामा प्रस्ताव गरेका थिए भने महेन्द्र यादवले सर्मथन गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस