सप्तरीमा आत्महत्याका घटना बढ्दो, ४ वर्षमा झण्डै ४ सयले गुमाए ज्यान

राजविराज । सप्तरीमा आत्महत्याको अवस्था भयावह बन्दै गएको पाइएको छ । मधेशलाइभलाई प्राप्त तथ्यांकअनुसार पछिल्लो एक वर्षमा मात्रै ११८ जनाले आत्महत्या छन् ।

गत आर्थिक वर्ष ०७७/०७८ मा ११८ जनाले आत्महत्या गरेका २ नम्बर प्रदेश प्रहरी कार्यालयले दिएको तथ्यांकमा छ । तथ्यांकअनुसार झुण्डिएर ७५ जना, विष सेवन गरेर ४२ जना र डुबेर १ जनाको ज्यान गएको छ ।

यो संख्या गतभन्दा २२ जना बढी रहेको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०७६/०७७ मा ९६ जनाले आत्महत्या गरेका थिए । यसैगरी आर्थिक वर्ष ०७५/०७६ मा ८८ र आर्थिक वर्ष ०७४/०७५ मा ८३ जनाले आत्महत्या गरेका थिए । पछिल्लो चार वर्षको तथ्यांक हेर्दा ३८५ जनाले आत्महत्या गरेका छन् ।

पारिवारीक र आर्थिक समस्या, बेरोजगारी, अशिक्षा, जनचेतनाको अभाव, सामाजिक विकृति लगायतका कारणले आत्महत्याका घटना बढेको प्रहरीले जनाएको छ ।

डिप्रेसन नै मुख्य कारणः चिकित्सक

डा.दिकनाथ यादवका अनुसार करोना र लकडाउनका कारण उत्पन्न भएका समस्याले मानिसलाई निराश बनाएको छ । जसका कारणले मानसिक रोगीको संख्या बढेको उनले बताए । मानसिक समस्या भएकाहरुले नै आत्महत्याको बाटो रोज्ने गरेका डा.यादवको भनाइ छ ।

उनले अत्महत्या न्यून गर्न विशेष गरेर मनोपरामर्शकासाथै जनचेतनामा जोड दिनुपर्ने बताए । ‘मनोपरामर्श सबैभन्दा ठूलो उपचार हो’ उनले भने–‘आत्महत्या न्यूनिकरणकालागि सबैभन्दा पहिले व्यक्तिले देखाएको अस्वभाविक व्यवहार वा चिह्नहरुलाई पहिचान गर्न जरुरी छ ।’

पहिचान भइसकेपछि मनोविमर्शकर्ता र मनोचिकित्सकसँग परामर्श लिएर उपचारतर्फ ध्यान पुर्याउन सकियो भने आत्महत्या न्यून गर्न सकिने उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस