पछिल्लो २४ घण्टामा २५६८ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

जनकपुरधाम । पछिल्लो २४ घण्टामा २ हजार ५६८ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ८ हजार ४०२ पीसीआर र ४ हजार २३४ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ। गत २४ घण्टामा २ हजार २० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ५६ हजार १९७ पुगेको छ।

उक्त अवधिमा १८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस