शक्तिपीठमा चोरी प्रकरणः बोर्डर सिल, एसपीको नेतृत्वमा खोजी कार्य तीव्र

राजविराज, १७ साउन । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चाँदीको मुकुट (मस्तक) चोरी भएपछि व्यापक प्रहरी परिचालन गरिएको छ । आज साँझ करिब सवाँ ७ बजेतिर मुकुट चोरी भएको हो ।

घटनासँगै सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र प्रसाद धमला नेतृत्वमा खटिएको प्रहरी टोली खोजी कार्यलाई तीव्रता दिएको छ भने छिन्नमस्ता गाउँपालिकासँगै जोडिएको बोर्डर पनि सिल गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए ।

यो पनिः

छिन्नमस्ता शक्तिपीठमा भगवतीको चाँदीको मुकुट चोरी

Author:



क्याटोगरी छान्‍नुहोस