भगवतीको मुकुट चोरी प्रकरणः घटनास्थलमा पुगे सिडिओ

राजविराज, १७ साउन । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित नेपालकै प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता सखडेश्वरी भगवती मन्दिरमा चाँदीको मुकुट (मस्तक) चोरी भएको घटनापछि प्रमुख जिल्ला अधिकारी (सिडिओ)घटनास्थल पुगेको छ ।

आज साँझ सवाँ ७ बजेतिर मुकुट चोरी भएसँगै मुकुट खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको छ भने सिडिओ जयनारायण आचार्य पनि घटनास्थलमा पुगेका छन् । सिडिओ आचार्यले स्थानीयवासिन्दा र पुजारीहरुसँग घटनाबारे जानकारी लिएका छन् ।

उता, घटनासँगै सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र प्रसाद धमला नेतृत्वमा खटिएको प्रहरी टोली मुकुट खोजी कार्यलाई तीव्रता दिएको छ भने छिन्नमस्ता गाउँपालिकासँगै जोडिएको बोर्डर पनि सिल गरिएको छ ।

यो पनिः

छिन्नमस्ता शक्तिपीठमा भगवतीको चाँदीको मुकुट चोरी

शक्तिपीठमा चोरी प्रकरणः बोर्डर सिल, एसपीको नेतृत्वमा खोजी कार्य तीव्र

Author:



क्याटोगरी छान्‍नुहोस