१२ घण्टा नवित्दै छिन्नमस्ता शक्तिपीठबाट चोरी भएको मुकुट फेला

राजविराज, १८ साउन । नेपालकै प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता सखडेश्वरी भगवती मन्दिरबाट चोरी भएको भगवतीको चाँदीको मुकुट (मस्तक) चोरी आज विहान फेला परेको छ ।

हिजो साँझ सवाँ ७ बजेतिर चोरी भएको विहान ७ बजेतिर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव प्रसाद काफ्लेले बताए । मुकुट चोरी गर्ने विष्णुपुर गाउँपालिका–५ का राजेश मण्डललाई पनि नियन्त्रण लिएको उनले बताए ।

उनका अनुसार पक्राउ परेका मण्डलको मानसिक अवस्था सुस्त छ । बरामद गरिएको मुकुट सार्वजनिक गर्न प्रहरीले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

साँझ मुकुट चोरी भएसँगै घटनासँगै सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र प्रसाद धमला नेतृत्वमा खोजी कार्य थालिएको थियो भने बोर्डर समेत सिल गरिएको थियो । राति १० बजेतिर घटनास्थलमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) जयनारायण आचार्य समेत पुगेका थिए ।

यो पनिः

छिन्नमस्ता शक्तिपीठमा भगवतीको चाँदीको मुकुट चोरी

शक्तिपीठमा चोरी प्रकरणः बोर्डर सिल, एसपीको नेतृत्वमा खोजी कार्य तीव्र

भगवतीको मुकुट चोरी प्रकरणः घटनास्थलमा पुगे सिडिओ

Author:



क्याटोगरी छान्‍नुहोस