चालिस लाख फाइजर खोप खरिद गरिने

काठमाडौं, १८ साउन । सीमा नाका क्षेत्रमा खोप लगाउन आवश्यक तयारी सुरु गर्न सरकारले निर्देशन दिएको छ । त्यसका लागि करिब ४० लाख ‘फाइजर’ खोप खरिद गरिने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आइतबार बसेको कोभिड–१९ नियन्त्रणसम्बन्धी बैठकले कोरोना नियन्त्रण चुनौतीपूर्ण बन्दै गएकोले सीमा नाकामा कोरोना खोप लगाउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

मन्त्री खाँणले कोरोना भाइरसको तेस्रो लहर आउनुअघि नै आवश्यक स्वास्थ्य उपचार तयारी तथा होल्डिङ सेन्टर निर्माण, सीमा नाकामा खोपको व्यवस्था र सरकारी अस्पतालमा अक्सिजनको पर्याप्त सुविधा मिलाउन निर्देशन दिए ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी सहभागी रहेका थिए ।

कोरोना नियन्त्रण सरकारको मूल दायित्व भएकाले राज्यका सबै संयन्त्र सक्रिय बनाई प्रभावकारी ढङ्गबाट परिचालन गर्नुपर्ने र सबैसँग सहकार्य र समन्वय गर्ने विषयमा बैठकमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।

‘मास्क लगाउन प्रेरित गर्न तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गराउनका लागि विभिन्न सङ्घ–संस्थासँग सहकार्य गर्ने निर्णय भएको छ । गृह मन्त्रालयले कोरोना नियन्त्रणका लागि सञ्चालित कार्यक्रममा सहजीकरण गर्ने जनाइएको छ । गोरखापत्र दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780