२४ घण्टामा ३ हजार १२५ संक्रमित, २३ जनाको मृत्यु

जनकपुर, १८ साउन । नेपालमा थप ३ हजार १२५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६१३ नमूना पिसिआर परीक्षण गर्दा २ हजार २७९ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ३ हजार १९८ गर्दा ८४६ मा संक्रमण देखिएको छ ।

कुल १३ हजार ८११ जनाको नमूना परीक्षण गर्दा ३ हजार १२५ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा २३ जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगेकोे छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९२५ जना संक्रमणमुक्त भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस