BREAKING: सप्तरीमा सडक दुर्घटना हुँदा दुईको मृत्यु, दुई गम्भीर

राजविराज, १८ साउन । सप्तरीमा आज साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका–४ अमाहास्थित दुर्घटना भएको हो ।

दुर्घटनामा मृतक लहान–१७ का २८ वर्षीय रामाशंकर यादव र शम्भुनाथ नगरपालिका–५ का २९ वर्षीय बुद्धसागर चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

बसलाई ओभरटेक गर्ने क्रममा दुई वटा मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा एक महिलासहित दुई जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि पठाइएको छ भने घटनाको विस्तृत जानकारी संकलन भइरहेको ईलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस