बसलाई ओभरटेक गर्न लाग्दा दुई जनाले ज्यान गुमाए

राजविराज, १८ साउन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका–४ अमाहामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज साँझ ७ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा सिरहाको लहान नगरपालिका–१७ का २८ वर्षीय रामशंकर यादव र शम्भुनाथ नगरपालिका–७ का २८ वर्षीय बुद्धसागर चौधरीको मृत्यु भएको डिएसपी माधव प्रसाद काफ्लेले बताए ।

पूर्वतर्फ आउँदै गरेको स११प ४०३८ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ आइरहेको बा२ख ५६८२ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट जाँदै गरेको प्रदेश नम्बर २–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।

दुर्घटनामा परेर ४०३८ नम्बरको मोटरसाइकलमा सवार चौधरी र ९५५६ नम्बरको मोटसाइकलमा यादवको मृत्यु भएको डिएसपी काफ्लेले बताए । यसैगरी चौधरीको मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका २८ वर्षीय आन्नद चौधरी र यादवको मोटरसाइकलमा पछाडी सवार लहान–२० की २३ वर्षीया सोनम चौधरी गम्भीर घाइते भएका छन् ।

उनीहरुलाई उपचारको लागि पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस