शक्तिपीठमा चोरी प्रकरणः आरोपी मानसिक रोगी, पुजारीहरुमाथि पनि अनुसन्धान हुँदै

राजविराज, १८ साउन । नेपालकै प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता सखडेश्वरी भगवतीको मुकुट (मस्तक) चोरी गरेको आरोपमा पक्राउ गरेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।

आज पत्रकार सम्मेलन गर्दै प्रहरीले विष्णपुर गाउँपालिका–५ मझौका २३ वर्षीय राजेश कुमार मण्डललाई सार्वजनिक गरेको हो ।

हिजो (आइतवार) साँझ मुकुट चोरी भएसँगै सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमला नेतृत्वमा खोजी कार्य थालिएको थियो ।

बोर्डर समेत सिल गरी थालिएको अनुसन्धानबाट मण्डललाई आजै विहान गाउँबाटै मुकुटसहित पक्राउ गरिएको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) जयनारायण आचार्यले बताए ।

‘मुकुटसहित मण्डल पक्राउ परेका छन्, यद्यपी घटना बारे थप अनुसन्धान हुँदैछ’ उनले भने–‘आरोपी आइरहेका केही व्यक्ति र पुजारीहरुलाई पनि हाम्रो अनुसन्धानको घेरामा छन् ।’

‘आरोपी मानसिक रोगी’

मण्डल केही वर्षदेखि मानसिक रोगी रहेको परिवारजनले जनाएको छ । ८ वर्षअघि नैै वैदेशिक रोजगारीमा गएका मण्डलमा मानसिक समस्या देखिएपछि घर फर्काइएको हो । सोपछि उपचार गराउँदै आएका मण्डलमा केही सुधार हुँदै गएको परिवारजनले बताए ।

सिडिओ आचार्यले मुकुटसहित पक्राउ परेका मण्डलमाथि थप अनुसन्धान भइरहेको बताए । ‘मण्डल मानसिक रोगी हो वा होइन् भन्ने विषय स्वास्थ्य परीक्षणबाट पत्ता लगाउने कुरा हो, आवश्यकता अनुसार हामी त्यो पनि गराउँछौं’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस