राजकुमार लेखीले छोडे ठाकुरको साथ

राजविराज, १४ असोज । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय कार्यकारिणी समितिका सदस्य राजकुमार लेखीले पदबाट राजीनामा दिएका छन् । उनले विहिवार राजीनामा पत्र लोसपा अध्यक्ष ठाकुरलाई बुझाएका हुन् ।

पत्रमा उनले लोसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्यसहित सबै पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । ‘म यस पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य रहिरहेकोमा अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा यस पार्टीको सबै पदबाट राजीनामा गर्दछु’, पत्रमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस