सप्तरीमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

राजविराज, १५ असोज । सप्तरीको कन्चनरुप नगरपालिका–११ धर्मेश्वर अस्पतालस्थित गए राति सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा अन्य छ जना घाइते भएका छन् ।

कोशी नदीमा जित महानको मूर्ति सेलाएर फर्किने क्रममा पुर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमतर्फ आउँदै गरेको स १ च १६६३ नम्वरको बोलोरो अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनामा जिल्लाको अग्निसाईर कृष्णसावरण गाउँपालिका–६ का ५० वर्षीय नारायण मोचीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्ले जानकारी दिए ।

दुर्घटनामा परेर घाइते भएका मोचीको उपचारको क्रममा मृत्यु भएको उनले बताए । दुर्घटनामा बोलेरोमा सवार सोही ठाउँका ४२ वर्षीय संतोष बिक, २८ वर्षीय सुरेन्द्र ठाकुर, २४ वर्षीय सन्तोष साह, २० वर्षीय रामअवतार साह, १६ वर्षीय सुजन साह र ५० वर्षीय रामचन्द्र राम घाइते भएका छन् ।

घाइतेहरुको उपचार भइरहेको छ भने दुर्घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस