अख्तियारको छापा प्रति जसपाको आपत्ति, पूर्वाग्राही र अर्मयादित कार्य भएको ठहर

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मारेको छापाप्रति आपत्ति जनाएको छ । जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले शुक्रवार विज्ञप्ति जारी गर्दै अख्तियारले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वाग्राही र अर्मयादित तारिकाले छापा मारेको आरोप लगाए ।

‘हालै अख्तियारले प्रदेश २ मा जनताबाट निर्वाचित मुख्यमन्त्रीको कार्यालयमा ‘बेटी पढाउ, बेटी बचाउ’ जस्तो जनलोकप्रिय कार्यक्रमलाई बदनाम गराउन छापामार शैलीमा छिरेर सरकार प्रमुखको शक्ति तथा गरिमामा नै आघात पुर्याउने कार्य अत्यन्त आपत्तिजनक र दुराशयपूर्ण रहेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘जसपा नेपाल सधै अनियमितता, भ्रष्टाचार, कमिशनतन्त्र, माफियातन्त्र र लूटतन्त्रको विरुद्ध सुशासन र सदाचारको पक्षमा रहेको कुरा सर्वविदितै छ ।’

विज्ञप्तिमा राजनीतिक प्रतिशोधकै कारण विभेदपूर्ण तरिकाले छापा मारेको उल्लेख छ । ‘राज्यको सम्पूर्ण तह र निकायहरुमा हुने गरेका अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गरिनुपर्दछ । आयोगले भ्रष्टाचार विरुद्ध अनुसन्धान गर्न पाउने हो तर अमर्यादित र विद्वेषपूर्ण तथा सामूदायिक एवम् राजनितिक प्रतिशोध र पूर्वाग्रहपूर्ण भावनाले गरिएको उक्त कार्य गलत हो’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई धरापमा पार्ने, प्रदेश सरकारहरुमा नैराश्यता र हिनताबोध हुने, राष्ट्र निर्माणकालागि गरिने लोककल्याणकारी कार्यहरुमा प्रतिकूल असर पार्ने हुँदा अख्तियारको यस्ता कार्य र कार्यशैली प्रति जनता समाजवादी पार्टी नेपाल घोर विरोध, भत्र्सना र आपत्ति प्रकट गर्दछ ।

गत बुधवार आयोगको बर्दिवासस्थित टोलीले मुख्यमन्त्री तथा परिषद्को कार्यालयमा मापा पारेको छ भने सो कार्यक्रम सम्बन्धी कागजात समेत लगेको बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस