वीरगन्ज नाका सर्वसाधारणका लागि पूर्णरुपमा खुल्यो

पर्सा । मुलुकको प्रमुख भन्सार नाका वीरगन्जबाट नीजि सवारी सहित सर्वसाधारण नागरिकले वारपार गर्न थालेका छन् । कोरोनाको कारण २०७६ चैत ११ गतेदेखि मुख्य नाकाबाट नीजि सवारी सहित सर्वसाधारण सीमा वारपार गर्न पाएका थिएनन् । शुक्रबारबाट भने औपचारिक रुपमा वीरगन्ज नाका सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।

नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयको सर्कुलर जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगन्ज भन्सार कार्यालयमा आइपुगेपछि शुक्रबारबाट प्रमुख नाकाको कडाई कोरोना पूर्वकै अवस्थामा खुल्ला गरिएको छ ।

अब दुवै देशका सर्वसाधारण नागरिकले आफ्ना नीजि सवारी सहित सीमा नाका वारपार गर्न पाउने भएका छन् । नाका खुल्ला भएपछि स्वास्थ्य प्रोटोकलका केही मापदण्ड भने अपनाउन पर्ने छ । सो वाहेक आउजाउमा चाँही कोरोना पूर्वकै अवस्था सुरु भएको वीरगन्ज भन्सारका सूचना अधिकारी सुमित गुप्ताले बताए । सुरक्षा र स्वास्थ्यकर्मीले भनेको वाहेक भन्सारको तर्फबाट अब कुनै रोकावट नभएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले पनि बताए । ‘हाम्रो तर्फबाट केही रोकावट छैन ।’ उनले भने ।

सुरक्षा मापदण्ड पालना गर्नुपर्ने

पहिलो र दोस्रो कोरोना लहरमा हटस्पट बनेको वीरगन्ज क्षेत्रमा पछिल्लो समयमा संक्रमण दर सामान्यमा झरेपछि सवारी साधन वाहेक दुवै तर्फका मानिस सीमानाकाबाट निस्फिक्री आउजाउ गरिरहेका थिए । तर उनीहरुका सवारी भने सीमा वारी र सीमा पारी नै राख्नु पर्ने वाध्यता थियो ।

‘नाकाको अवरोध हटेको भनेपछि निस्फिक्री भन्ने चाही होइन ।’ जिल्ला प्रसाशन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले भने ।

अधिकारीका अनुसार भारतीय पर्यटकका लागि ७२ घण्टा यताको पिसिआर नेगेटिभ रिपोर्ट, खोप लगाएको आधार र शंका लागे तुरुन्त एन्टीजिन परिक्षण गर्नुपर्ने प्रावधान छँदैछ । तर, अब उनीहरुका सवारी विगतमा जस्तो अब सीमा पारी नै रोक्न पर्ने प्रावधान भने हटेको छ । तेस्रो मुलुकबाट आउने पर्यटकका लागि भने पूर्णखोप लगाएको र नेपालमा होटल बुक भएको पीसिआर परिक्षण रिपोर्ट पनि नेगेटिभ भएको हुनुपर्ने प्रावधान रहेको उनले जानकारी दिए । राजधानी दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780