अपहरणमा परेका भारतीय नागरिकको सप्तरीबाट उद्धार

राजविराज, १६ असोज । अपहरणमा परेका एक भारतीय नागरिकलाई गए राति सप्तरीबाट उद्धार गरिएको छ । सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले विहार राज्य मधुबनी जिल्लाको लौकाहा ग्राम पन्चायत–९ का सत्यनारायण साहको २२ वर्षीय छोरा शंकर कुमार साहलाई उद्धार गरेको हो ।

साहलाई घरबाटै अपहरण गरी नेपालतर्फ लगेको भन्दै भारतीय सुरक्षाकर्मीले दिएको सूचना आधारमा खटिएको प्रहरी टोलीले उनलाई जिल्ला बलान बिहुल गाँउपालिका–५ रामनगरस्थित दशगज्जा क्षेत्रबाट उद्धार गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टी सप्तरीका सशस्त्र प्रहरी निरीक्षक लाल बहादुर खड्काले बताए ।

उनका अनुसार दशगज्जास्थित झाँडीमा साङ्लोले बाँधेर राखेको अवस्थामा साहलाई उद्धार गरिएको छ । सो स्थानबाट एनसेलको सिमसहित एक थान मोबाईल सेट पनि फेला परेको प्रहरी निरीक्षक खड्काले बताए । अपहरणमा परेका साहलाई नेपाल प्रहरीको जिम्मा लगाइएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस