खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो: डा. भट्टराई

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती भएको टिप्पणी गरेका छन् । उनले शनिवार सामाजिक सञ्जालमार्फत नेकपा एमालेका अध्यक्ष केपी ओलीको फोटो सेयर गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

नेकपा एमालेको प्रथम विधान महाधिवेशन शुक्रबारदेखि सुरु भएको छ । सोही महाधिवेशनलाई लक्षित गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले लेखेका छन्–‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्नेछ । नक्कली राष्ट्रवाद,नृजातीय अहंकारवाद,पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्तस् स्टालिन,हिटलर र फासीवाद जन्माउने बताउनु भयो । हो । चेतना भया !’

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780