लोसपा छाडेका राजकुमार लेखीले प्रवेश गरे एमाले

जनकपुरधाम, १७ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट राजीनामा दिएका नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनको अन्तिम दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखीसहित ५५ जनालाई पार्टी प्रवेश गराएका हुन् । लेखीले पहिलो संविधानसभा विघटन पछि एमाले छोडेका थिए ।

लोसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य पदमा रहेका लेखीले गत विहिवार पार्टीको सबै पदबाट राजीनामा दिएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780