गति लिँदै वैदेशिक रोजगार

काठमाडौं, १९ असोज । कोरोनाले डेढ वर्षदेखि थलिएको वैदेशिक रोजगारी बिस्तारै गति लिन थालेको छ । नेपालीका श्रम गन्तव्य देशमा खुला हुन थालेसँगै वैदेशिक रोजगारीले गति लिन थालेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार भदौमा मात्रै ३६ हजार ४० जना नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । जसमा एक हजार ८२२ महिला र ३४ हजार २१८ जना पुरुष गरी ३६ हजार ४० जनाले विदेश जान श्रम स्वीकृति लिएका हुन् । गत साउनमा २५ हजार ४२८ जना श्रम स्वीकृति लिएर विदेश गएको विभागले जनाएको छ ।

महामारीको जोखिम कायम नै भए पनि रोजगारीका लागि विदेश जाने सबैभन्दा धेरै अदक्ष श्रमिक नै रहेको विभागको तथ्याङ्कले देखाएको छ ।

विभागका अनुसार १८ हजार ७६१ जना पुरुष र ९४८ महिलाले अदक्ष श्रमिकका रूपमा श्रम स्वीकृति लिएका छन् भने १२ हजार ९३५ जना पुरुष र ६९० जना दक्ष महिलाले रोजगारीका लागि विदेश जान श्रम स्वीकृति लिएका छन् । यस्तै दुुई हजार ६७१ अर्धदक्ष श्रमिक विदेशिएका छन् ।

२७ जना व्यावसायिक र आठ जना उच्च सीप भएकाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । गोरखापत्र दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस