भारतीय ग्याँस ट्याङ्करबाट १२० केजी गाँजा बरामद

जनकपुरधाम । पर्सा प्रहरीले भारतीय ग्यास बुलेटबाट एक क्विन्टल २० किलो गाँजा बरामद गरेको छ ।प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ आईसिपी गेट अगाडि रोकी राखिएको एन एकल ०१ के ०७५४ नम्बरको एलपी ग्यास बोकेको टयाँकरबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

जाँच गर्नेक्रममा प्रहरीले चालक बस्ने क्याबिन भित्र लुकाई राखिएको अवस्थामा गाँजा बरामद गरेको थियो ।

बरामद गरिएको गाँजासहित ट्यांकरलाई नियन्त्रणमा लिएर लागुऔषध कसुरमा कारवाही प्रक्रिया अघि बढाइएको पर्साका प्रहरी प्रवक्ता प्रलाह्द कार्कीले जानकारी दिए । फरार रहेका ट्यांकरका चालकको खोजी भइरहेको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस