विराटनगरबाट लागूऔषधसहित एक युवक पक्राउ

विराटनगर, ११ कार्तिक । प्रहरीले मोरङको विराटनगर–१४ बाट लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरी नगरपालिका–९ का १९ बर्षीय आशिष महतो छन् ।

जतुवा चोकबाट पक्राउ परेका महतोको साथबाट लुपिजेसिक १७ एम्पुल, फेनारगन १७ एम्पुल, डाईजाल्याब १७ एम्पुल बरादम भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । महतोमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:

क्याटोगरी छान्‍नुहोस