प्रधानन्यायाधीश प्रकरणमा डा.भट्टराईले भने–‘राज्यका थोत्रा अंग बोकेर हिँड्नुको दुष्परिणाम’

जनकपुरधाम, ११ कार्तिक । जनता समाजवादी पार्टी (जसपा)का संघिय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानन्यायाधीश प्रकरणमा आफ्नो धारणा राखेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक संजाल ट्वीटरमा स्टाटस लेख्दै आफ्नो धारणा राखेका हुन् ।

उनले राज्यको स्थायी अंग एकपछि अर्को गर्दै पतनको संघारमा पुग्नु गम्भीर विषय भएको बताएका छन् । त्यस्तै लामो क्रान्तिपछि पनि पुरानो राज्यको थोत्रा अंग जस्ताको त्यस्तै बोकेर हिड्नुको परिणामको उपजको रुपमा यस घटनालाई लिनसकिने उनले बताएका छन् ।

उनले वर्तमान राज्यका प्रणालीलाई मरेकी सतिदेवीको संज्ञा दिँदै त्यसलाई बोकेर भौतारिँदै हिँड्ने की बेलैमा सदगद गर्ने ? भन्दै प्रश्न गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस