थपिए ३७२ कोरोना संक्रमित, ११ जनाको मृत्यु

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा ३७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ३१६ जनाको पीसीआर परीक्षणमा २९७ र २ हजार ५९५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७५ जनामा कोरोना पुष्टि भएको हो ।

सोही अवधिमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसैगरी २४ घण्टामा मुलुकका विभिन्न अस्पतालबाट ९११ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

निको हुने दर ९७ दशमलब ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस