महन्थ ठाकुर र राजेन्द्र महतोहरु मधेसी जनता लुट्ने दलाल हुन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी नेताहरुमाथि आक्रोश पोखेका छन् । सर्लाहीमा एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई मधेसी जनता लुट्ने दलाल भएको आरोप लगाए ।

मधेस विरोधी केपी ओलीलाई साथ दिनेहरु मधेसी हुनै नसक्ने र मधेसी अनुहार देखाएर महन्थ र राजेन्द्रहरुले मधेसी जनता लुट्ने र ठग्ने काम गरेको उनको आरोप थियो ।

‘म त्यस्तो प्रधानमन्त्री हो, जसले दुईपटक संविधान संशोधन प्रस्ताव राखेर मधेसी जनताको हकहितका लागि लडेको हो । तर केपी ओलीले पास हुन दिएनन् । तर आज बिडम्वना गणतन्त्र, संघीयता विरोधी समानुपातिक समावेशी विरोधी केपी ओलीलाई आफूलाई मधेसको मसिहा ठान्ने महन्थ ठाकुर र राजेन्द्र महतोहरुले साथ दिएर त्यसको सरकारमा सहभागी भएका हुन् कि होइनन् ? अनि तपाई हामीले यो कुरा बिर्सिन मिल्छ रु’ प्रचण्डले प्रश्न गरे ।

प्रचण्डले को मधेसको मित्र हो, को दुश्मन हो बुझाईदिन शिक्षक तथा बौद्धिक वर्गलाई अनुरोध पनि गरे । ‘केपी ओली जो मधेस, गणतन्त्र, समावेशी विरोधी हो । उसलाई साथ दिने र माओवादीलाई एक्ल्याउनुपर्छ भन्ने महन्थ ठाकुहरुहरु मधेसका हुन् ? मधेसी हुन् ?’ उनले आक्रोश पोखे, ‘रामराजाप्रसाद सिंहलाई राष्ट्रपति बनाउ भनेर माओवादीले प्रस्ताव राख्दा विरोध गर्नेहरु मधेसका मित्र हुन् ?’

अध्यक्ष प्रचण्डले थपे, ‘अनि मधेसी जनतालाई स्पष्ट पार्नका लागि जस्तोसुकै खतरा मोलेर भए पनि मधेसमै चुनाव लड्छु, मधेसी जनताको माया र विश्वास पाए भने म फेरि प्रधानमन्त्री हुन्छु र मधेसको निम्ति संविधान संशोधन गर्टु भन्ने तपाईको मित्र हो कि मधेसी अनुहार देखाएर मधेसी जनतालाई लुट्ने र ठग्ने डाँका र दलालहरु तपाईका मित्र हुन् ? यो फैसला तपाईहरुले यो पटकको चुनावमा गर्नुपर्नेछ । असली मित्र र बइरीहरु को हो छान्नुपर्नेछ ।’ राजधानी दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस