थप ४०८ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

जनकपुरधाम, १४ कार्तिक । देशभर पछिल्लो २४ घण्टामा ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८९९ जनाको नमूना परीक्षण गर्दा ४०८ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ५१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यसैगरी २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४०७ पुगेकोे छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस