सांसद यादवलाई जसपाको स्पष्टिकरण–तपाईमाथि पार्टीले कार्वाही किन नगर्ने ?

राजविराज । जनता समाजवादी पार्टी (जसपा) ले पार्टी केन्द्रीय सदस्य समेत रहेका सांसद प्रदीप यादवलाई स्पष्टिकरण सोधेको छ ।

पार्टी विरुद्ध सार्वजनिक रुपमा सञ्चारमाध्यममा अभिव्यक्ति दिएको तथा सांसद यादवकै निर्देशनमा पार्टी कार्यालय, बालकुमारीमा प्रदर्शन गर्नुका साथै पार्टी अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएर पार्टी आचारण विपरित कार्य गरेको भन्दै ३ दिने स्पष्टिकरण माग गरिएको छ ।

‘तपाईको निर्देशनमा केही व्यक्तिहरुले उच्छृङखल ढंगबाट पार्टी झण्डा जलाउने, पार्टी विरोधी नारा लगाउने कार्य गरी पर्सा जिल्ला पार्टी कार्यालयमा तोडफोड गर्नुकासाथै पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा पार्टी पार्टी अध्यक्षको पुत्ला जलाउने र जसपा मुर्दावाद जस्ता नारा लगाई केन्द्रीय कार्यालयमा तालाबन्दी गर्ने जस्ता अनुशासनहीन, अशोभनिय, अराजक र पार्टी आचरण विपरितका कार्य भएको छ’ स्पष्टिकरण पत्रमा भनिएको छ, ‘पार्टीहित विपरित मात्र नभई पार्टी नीति तथा आचारसंहिता विपरित कार्य भएकोले यो स्पष्टिकरण सोध्ने कार्य भएको छ ।’

मन्त्री परिषद्मा सामेल हुन नपाउँदा के कति कारणले अमर्यादित ढंगले कार्य गरेको भन्दै ७ वटा बुँदा उल्लेख गरी स्पष्टिकरण माग गरिएको हो । जवाफ नआए पार्टी विधान र नियमानुसार कार्वाही गर्ने केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा जारी गरिएको पत्रमा उल्लेख छ ।

यस्ता छन् बुँदाहरुः
–तपाई मन्त्री परिषद्मा सामेल हुन पाएको अवस्थामा के कति कारणले अमर्यादित ढंगबाट सञ्चारमाध्यमहरुमा सार्वजनिक अभिव्यक्ति दिनुभएको हो?

–पार्टी निर्णय चित्त नबुझे आफ्नो विचारहरु पार्टी पद्धति र प्रक्रियाअनुसार चित्त नबझेका कुराहरु पार्टीभित्र राख्नुपर्नेमा उच्छृङखल किसिमको कार्य गरी अनुशासनहिन कार्य किन गरेको?

–पार्टी झण्डा, पार्टी बोर्ड, जलाउने पार्टी कार्यालय तोडफोड गर्ने कार्य किन गरेको? गराएको हो?

–पार्टी मुर्दावाद जस्ता नारा लगाउने कार्यलर्य के भन्ने?

–पार्टी अध्यक्षको पुत्ला जलाउने र मुर्दावाद लगायतका अशोभनिय नाराहरु लगाउने कार्य किन गरेको/गराएको?

–तपाईले गरेको/गराएको कार्यहरु र तपाईका अभिव्यक्तिहरु पार्टी पद्धति, पार्टी विधान तथा आचारसंहिता प्रतिकुल छ वा छैन्?

–तपाईमाथि पार्टीले कार्वाही किन नगर्ने?

Author:



क्याटोगरी छान्‍नुहोस