उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भयो छठ पर्व

जनकपुरधाम । चार दिन मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज बिहान सम्पन्न भएको छ । परिवारका सबै सदस्य मिलेर उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ्य दिएर पर्व सम्पन्न भएको हो ।

यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने मधेसवासीको महान चाड छठको उल्लास सकिएको छ ।

सप्तरीसहित मधेसका शहरदेखि गाउसम्मका छठघाटहरु विशेष सजाइएका थियो । विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयहरु सि|गारेर झकिझकाउ पारिएको थियो ।

कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ दिएर छठ पर्व मनाइन्छ । ‘सँझिया घाटे’ भनिने षष्ठीको दिनलाई छठको मुख्य दिन मानिन्छ । विगतमा मधेसमा मात्र सिमित छठ पर्व पछिल्लो समयमा काठमाडौं लगायतका केही पहाडी जिल्लामा समेत उल्लासका साथ मनाउन थालिएको छ।

छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्य दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा, अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखु लगायतका फलफूल पनि चढाइएको छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ ।

 

Author:



क्याटोगरी छान्‍नुहोस