थप ३९७ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

जनकपुर । देशभर पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ६६ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ३८९ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १६ हजार ४१५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३७ पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ९७ हजार ४४८ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । यससँगै देशभर मृतकको कुल संख्या ११ हजार ४६९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ७ हजार ४९८ जना रहेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस