रौतहटमा कार दुर्घटनाका मृतक चार जनाकै सनाखत (अपडेट)

जनकपुर, २८ काार्तिक । रौतहटमा भएको कार दुर्घटनामा परेर मृत्यु भएका चारै जनाको सनाखत भएको छ ।

चन्द्रनिगाहपुर– गौर सडकखण्ड अन्तर्गत झुन्खुनवा चोक नजिकै युके १२ सि २९०० नम्बरको भारतीय कार गए राति दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर भारत विहारका २५ वर्षीय दिनानाथ साह, ३० वर्षीय अरुण साह, २८ वर्षीय दिलिप महतो र २७ वर्षीय अमित महतो रहेको रौतहट प्रहरी प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिए ।

कार अनियन्त्रित भएर सडक भन्दा २० मिटर छेउमै रहेको ठुलो खाडलमा खसेको प्रहरीले जनाएको छ । घटनास्थल नजिकै बम नहरमा रहेको सुरक्षा चेकजाँचको टोलीले तत्काल कारको सिसा फुटालेर ४ जनालाई निकाली उपचारको लागि जिल्ला अस्पताल गौरमा लगेपनि डाक्टरले मृत घोषणा गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस