रिले अनसनले सुनेन सरकार, मंगलवारबाट आमरण अनसन

जनकपुर, २८ कार्तिक । धनुषाको सबैला नगरपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै संयुक्त संघर्ष समितिले थालेको रिले अनसनको ५६ औं दिन पुगेको छ । समितिले सात बुँदे मागसहित रिले अनसन थालेको हो ।

यद्यपी, माग सम्वोधन गर्नेतर्फ सरोकारबालाको ध्यान पुगेको छैन् । यसैबीच समितिले नगरका वुद्धिजिवी, नागरिक समाज, युवा र सामाजिक अगुवाहरुसँग छलफल गरी आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ ।

निर्णयअनुसार रिले अनसन जारी नै राखि काार्तिक ३० गते मंगलबार दिउँसो २ बजे सबैला बजारमा भ्रष्टाचारविरुद्ध जागरण सभा आयोजना गर्ने र सोही दिनदेखि आमरण अनसन बस्नेछन् । आन्दोलनलाई थप सशक्त बनाउन समितिका संयोजक सुरेश यादव, सल्लाहकार रामबहादुर साह, सहसंयोजक विजय साह र सदस्य सिकिन्द्र सिंह यादवले आमरण अनसन बस्ने जनाएको छ ।

यस्तो छ संघर्ष समितिले उठाएका मागः

क. सबैला नगरपालिकामा दर्ता नं. १०५१/२०७८/२/२५, ३२६/२०७८/६/११, ३२७/२०७८/६/१३, ३६६/२०७८/६/१८, ४०९/२०७८/६/३१ भएको निवेदनहरु अनुरुप तत्काल सूचना उपलब्ध गराउ ।

ख. अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयमा सबैला नगरपालिकामा भएको भ्रष्टाचार विरुद्ध दर्ता भएका सबै उजुरी उपर तत्काल छानबिन सुरु गर ।

ग. सबैला नगरपालिका मातहत कार्यरत सम्पूर्ण शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीहरुको तलब तत्काल भुक्तानी गर ।

घ. बेमौसमी वर्षाको कारण कृषि क्षेत्रमा भएको क्षतिको यकिन गरी पीडित किसानहरुलाई तत्काल राहत उपलब्ध गराउ ।

ङ. वृद्ध भत्ता, बालपोषण र अपांग भत्ता, दलित एवं अति विपन्न परिवारलाई राहत उपलब्ध गराउ ।

च. विद्यार्थीहरुको गुनासो सुनुवाई र समस्या समाधान गरी नियमित रुपमा विद्यालय सञ्चालन गर ।

छ. नगरपालिका र मातहतका निकायहरु मार्फत नगरबासीमा सुशासनको प्रत्याभूति गराउ ।

Author:



क्याटोगरी छान्‍नुहोस