‘खटर स्मृति पत्रकारिता पुरस्कार’ घोषणा

राजविराज, १ मंसिर । समाजसेवी स्वर्गीय खटर यादवको सम्झनामा ‘खटर स्मृति पत्रकारिता पुरस्कार’ घोषणा गरिएको छ । स्व. खटरका भाइ सप्तरीको राजविराज–७ निवासी छेदी यादवले बुधवार पुरस्कारबारे घोषणा गरेका हुन् ।

उनले दाजु स्व.खटर यादवको सम्झानामा यहाँका एक जना सञ्चारकर्मीलाई ५ हजार १०१ रुपैयाँ राशिको पुरस्कार प्रदान गरिने बताए । सो पुरस्कार यही मंसिरमा आयोजना गरिने कार्यक्रमका बीच प्रदान गरिने यादवले बताए ।

उनका अनुसार पुरस्कारका लागि ५१ हजार रुपैयाँको कोष स्थापना गरिएको छ भने सो कोषबाट आउने ब्याज रकमले वर्षेनी पुरस्कार वितरण कार्यलाई निरन्तरता दिइनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस