वायु प्रदूषणका कारण दिल्लीका विद्यालय अनिश्चित कालका लागि बन्द

दिल्ली । वायु प्रदूषणका कारण भारतको राजधानी दिल्लीका विद्यालय तथा कलेजहरू अनिश्चित कालका लागि बन्द गरिएको छ । वायु प्रदूषणको तह गम्भीर अवस्थामा पुगेपछि त्यहाँका अधिकारीहरूले विद्यालय र कलेजहरू बन्द गरेका हुन् ।

यातायात र सुरक्षा सम्बन्धी बाहेकका निर्माण कार्यलाई नोभेम्बर २१ सम्म प्रतिबन्ध लगाइएको छ । सहरमा रहेका कोइलामा आधारित ११ मध्ये पाँचवटा पावर प्लान्टलाई मात्र सञ्चालन गर्न अनुमति दिइएको छ ।

दिवाली पर्वदेखि नै दिल्लीलाई विषाक्त धुवाँले ढाकेको छ । वायुको गुणस्तरको तह मापन गर्ने पीएम २.५ विश्व स्वास्थ्य संगठनको सुरक्षा निर्देशिकाभन्दा धेरै नै उच्च भएको छ । मंगलबार कतिपय स्थानमा वायु प्रदूषणको तह ४०० भन्दा धेरै पुगेको बताइएको छ, जुन गम्भीर अवस्था हो ।

एयर क्वालिटी इन्डेक्स (एक्यूआई)का अनुसार शून्यदेखि ५० सम्मको स्थितिलाई राम्रो र ५१ देखि १०० बीचकोलाई सन्तोषजनक मानिन्छ ।

वायु प्रदुषणका कारण केही विद्यालयहरू गत सातदेखि नै बन्द भएका थिए । दिल्ली सरकारले वायुको गुणस्तर सुधार गर्न लकडाउन गर्ने सोचिरहेको बताएको थियो ।

गाडिजन्य र औद्योगिक उत्सर्जन, धुलो र मौसमको अवस्थाको मिश्रित कारकहरूले दिल्लीलाई विश्वकै सबैभन्दा प्रदूषित राजधानी बनाएका छन् । छिमेकी राज्यहरूमा किसानले पराल जलाउने भएकाले विशेषगरी हिउँद याममा हावा विषाक्त हुने गर्छ । दिवालीमा पटका पड्काउने कार्यले पनि वायु प्रदूषण गर्न सघाउ पुर्याउँछ । हावाको मन्द गति पनि वायुमण्डलमा प्रदूषण रहिरहने अर्को कारण हो । बीबीसी

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780